नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडाैं | माघ १५, २०७९

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं : सेयर कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। नेप्से १४.६८ अंकले घटेर २१६८.५३ विन्दुमा अडिएको छ।

 

सेन्सेटिभ इण्डेक्स २.८३ अंकले घटेको छ। यसदिन २६७ कम्पनीको  ८२ लाख ७६ हजार ७५१ कित्ता सेयर ३ अर्ब १ करोड  ७० लाख ६३ हजार ९५६ रूपैयाँमा खरिदबिक्री भयो।

 

५१ हजार ९७३ पटक कारोबार भयो।

 

दोहोरो अंकको करेक्सन आएको सेयर बजारमा ५ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

 

कारोबार रकमका आधारमा आईएमई जनरल इन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ९ करोड ९९ लाख ४ हजार ३९२ रुपैयाँको सेयर कारोबार भयो।

 

यस्तै, ९ करोड २१ लाख बढिको सेयर कारोबार गरी हिमालयन ऊर्जा विकास कम्पनी दोस्रोमा र ७ करोड १३ लाख मूल्यको सेयर किनबेच गरी एनआईसी एसिया बैंक तेस्रो स्थानमा रह्यो।

 

कारोबारमा आएका १३ उपसमूहमध्ये ११ को मूल्य घट्यो भने २ को मात्रै बढ्यो।

 

होटल्स एन्ड टुरिजमको ०.२० र लाइफ इन्स्योरेन्सको सूचक ०.३४ प्रतिशतले घटेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्